– राजेश कोइराला
हैजाग्रस्त हैटीमा आइतबार निर्वाचन हुँदैछ । यो आमनिर्वाचन गत फेब्रुअरी २८ का तय गरिएको थियो । जनवरीमा आएको भूकम्पले स्थगित भएको हो ।
यस निर्वाचनले राष्ट्रपतिका साथै दस सिनेट सदस्य, ९९ डेपुटि छान्नेछ । एक करोड जनसंख्यामा ४७ लाख मतदाता छन् ।
भूकम्प, हुरी र हैजालाई बेवास्ता गर्दै हैटी निर्वाचन जाँदैछ । जनवरीको भूकम्पले २ लाख ३० हजारको ज्यान लियो भने १५ लाख पाल टाँगेर बस्न बाध्य छन् । अक्टोबरको हैजाबाट करिब १५ सयले जीवन गुमाइसकेका छन् भने ३० हजार उपचारार्थ अस्पताल पुगेका छन् ।
हैजा प्राकृतिक : अनुसन्धान
हैटी पुगेको नेपाली शान्तिसेनामाथि हैजा फैलाएको आरोपले नयाँ मोड लिएको छ । पछिल्लो एक महत्वपूर्ण अनुसन्धान भन्छ