चितवनमा आयोजना गरेको निशुल्क शिबिरमा ४ सय १० जनाको आंखा जांच तथा उपचार

दीपेन्द्र बडुवाल

 

भरतपुर – लायन्स क्लव अफ चितवन सौराहाले एक महिना भित्र चितवनका ३ गाबिसमा आयोजना गरेको निशुल्क शिबिरमा ४ सय १० जनाको आंखा जांच तथा उपचार गरेको जनाएको छ । संयोजक योगेन्द्रनाथ अधिकारीका अनुसार चेपाङ बसोबास रहेका दुरगम शक्तिखोर गाबिसमा ७९, बिरेन्द्रनगरमा १ सय ६८ र बछौली गाबिसको झुवानीका १ सय ६४ जनाको आंखा परिक्ष्ँणका साथै उपचार गरिएको हो ।

क्लवका अध्यक्ष्ँ बलराम दाहालले बिरामीलाई निशुल्क औषधी वितरण गरिएको बताए । उनका अनुसार ६४ जनाको आंखाको निशुल्क शल्यक्रिया गरिएको छ । यो बर्ष लायन्स क्लव आफ इन्टरनेशनल साइट फष्ट ग्रान्ट १५५७ अर्न्तर्गत लायन्स क्लव सौराहालाई प्राप्त कोटा पुरा भएको छ । भरतपुर आंखा अस्पतालका अनुसार कोटा पुरा गर्ने यो जिल्लाको प्रथम क्लव हो ।