रुसी रासायनिक अस्त्रलाई बिगारिदिने योजना लम्ब्याइएर पूरा गरिने

रुसी उद्योग र व्यापार मन्त्रालयका पदाधिकारीले हिजो छब्बीस तारिखका दिन बोल्दै पूर्व निर्धारित योजनामा सन् 2012मा पूरा गराउने रुसी रासायनिक अस्त्रलाई बिगारिने योजना लम्ब्याइएर पूरा गर्ने सम्भावना भएको कुरा बताउनुभएको छ।


      उक्त पदाधिकारीले के कति समय लम्व्याउने छ भन्ने कुरा नबताउनु भएपनि रुसले योजनाबमोजिम बिगारिने प्रक्रियालाई अघि सार्दै आएको कुरा व्यक्त गर्नुभएको छ।

      सन् 1997 को अप्रील उनान्त्तीस तारिखदेखि लागु गरिएको ” रासायनिक अस्त्र निषेध सन्धि”अनुसार उक्त सन्धिमा सही गर्ने सबै मुलुकले सन् 2012 को अप्रिल उनान्त्तीस तारिखअघि सबै रासानिक अस्त्रहरुलाई निष्क्रिय पार्नुपर्छ।

      थाहा भएअनुसार रुसी राष्ट्रपति मेदभेदेभले यस सालको मे महिनामा सन् 2015 सालको डिसेम्ब एकतीस तारिखअघि तिनलाई निष्क्रिय पार्ने काम सिध्याउन सरकारलाई आदेश दिनुभयो।