विकिलिक्सद्वारा थप २५०,००० गोप्य कुटनीतिक दस्तावेज सार्वजनिक


 

विकिलिक्स नामक वेबसाइटले युद्ध सम्वन्धित २५०,००० नयाँ गोप्य कुटनीतिक दस्तावेज सार्वजनिक गरेको छ।

 

सार्वजनिक गरिएको दस्तावेजमा इराक युद्धका बारेमा बिभिन्न राष्ट्रका सरकार र राजनीतिज्ञहरुको धारणाका बिषयमा गोप्य सूचना रहेको छ।

 

यसअघि विकिलिक्सले इराक र अफगानिस्तान युद्ध सम्बन्धि संवेदनशिल जानकारी भएका थुप्रै दस्तावेज वेबसाइटमार्फत सार्वजनिक गरेको थियो।

 

यस अघी अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले ती सार्वजनिक दस्तावेज बेलायत, टर्की, डेनमार्क, इजरायल र नर्वेसँगको सम्बन्धमा नराम्रो असर पर्न सक्ने चेतावनी दिनुभएको थियो।  यसका साथै वरिष्ठ अमेरिकी सैन्य अधिकारी एडमिरल माइक न्यूल्यनले सो दस्तावेज सार्वजनिक भएमा थुप्रै मानिसको ज्यान जोखिममा पर्ने चतावनी दिनुभयो।

 

यस अघी दस्तावेज सार्वजनिक हुन नहुने भनी आपत्ति व्यक्त गर्नु अमेरिकी प्रशासन जवाफदेहिताबाट डराएको प्रमाण भएको विकिलिक्सले प्रतिक्रिया दिएको छ।

 


warlogs.wikileaks.org