पाल्पामा लुम्विनी मेडिकल कलेज एण्ड रिर्सच सेन्टर प्रभासले पत्रकार स्वास्थ्य उपचार सेवामा सहुलियत दिने

पाल्पा – लुम्विनी मेडिकल कलेज एण्ड रिर्सच सेन्टर प्रभासले पत्रकार स्वास्थ्य उपचार सेवामा सहुलियत दिने भएको छ । कलेज र नेपाल पत्रकार महासंघबीच आइतवार पत्रकारलाई उपचार सेवामा छुट दिने सहमति भएको हो ।

सम्झौतामा विरामी दर्तामा पुरै छुट दिइएको छ । भर्ना शुल्क -बेड चार्ज), शल्यक्रिया, प्याथोलोजी, एक्सरेमा २५ पतिशत छुटदिने लेखिएको छ । सिटि स्क्यान र औषधीमा भने छुटको व्यवस्था छैन । कलेज भन्दा अन्य संस्थामा परीक्षणको लागि पठाइएका नमुनामा लाग्ने शुल्क, अन्य संस्थाबाट विषेशज्ञ चिकित्सक झिकाउनुपर्यो भने छुट नदिने भनिएको छ ।

पत्रकार महासंघले रक्तदान साथै निशुल्क स्वास्थ्य शिविर आयोजना गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । छुटको लागि नेपाल पत्रकार महासंघको सदस्यता परिचयपत्र र महासंघको सिफारिस अनिवार्य गरिएको छ । दुवै पक्षको सहमतिमा सुविधा बढाउन सकिने कलेजका कार्यकारी अधिकृत गोपालबहादुर पोखरेलले बताए । कार्यकारी अध्यक्ष पोखरेल र महासंघका अध्यक्ष भगवान  भण्डारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।