वीरगन्ज – पर्सामा २४७ जना एचआइभी सङ्क्रमित भएको पाइएको छ । जिल्लामा स्वेच्छिक परामर्श तथा रक्त परीक्षण गराउन आउनेमध्ये २४७ जनामा एचआइभीको सङ्क्रमण देखिएको हो ।
जिल्ला एड्स समन्वय समितिको आज यहाँ बसेको बैठकमा समितिका संयोजक श्वेता सरिकले भन्नुभयो- एचआइभी सङ्क्रमितमध्ये १५ वर्षमाथि उमेर समूहका २३५ जना र १५ वर्षभन्दा मुनिका १४ जना रहेका छन् । सङ्क्रमितमध्ये महिलाको सङ्ख्या ९० जना रहेका छन् ।
त्यस्तै, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचारका लागि आउने सङ्क्रमितमध्ये ११७ जनाले जीवन बचाउनका लागि अति दुर्लभ एन्टिरेट्रोभाइरल -एआरभी) को स्तरीय उपचार पद्धति प्राप्त गरिरहेका छन् ।
विशेषगरी यो उपक्षेत्रीय अस्पतालमा उक्त स्तरीय उपचार पद्धतिका लागि बारा, पर्सा, रौतहट र मकवानपुरका एचआइभी सङ्क्रमित आउने गरेका छन् । एचआइभी एड्सका कारण पर्सामा यस वर्ष १२ जनाको मृत्यु भइसकेको जनाएको छ ।
एचआइभी सङ्क्रमितको यो तथ्याङ्क जिल्लामा सञ्चालित स्वेच्छिक परामर्श तथा रक्त परीक्षण केन्द्रहरुमा रक्त परीक्षणका लागि आउने रोगीलाई मात्र समावेश गरिएको छ, जिल्ला एड्स समन्वय समितिका संयोजक सरिकले भन्नुभयो- केन्द्रमा रक्तपरीक्षणका लागि नआउनेहरुलाई हेर्ने हो भन्ने जिल्लामा ५०० को हाराहारीमा एचआइभी सङ्क्रमित रहेको अनुमान छ ।
एचआइभी सङ्क्रमित हुनुका प्रमुख कारणमा असुरक्षित यौनसम्पर्क, लागुऔषध र छाला छेड्ने अप्रशोधित सूईको प्रयोग बढी जिम्मेवार देखिएको छ ।
एचआइभी सङ्क्रमित श्रीमान्बाट निर्दोष गृहिणीहरुमा पनि एचआइभी सङ्क्रमित भएको सङ्ख्या यहाँ कम छैन्, संयोजक सरिकले भन्नुभयो- एचआइभी सङ्क्रमितमध्ये एकतिहाइभन्दा बढी २५ देखि ३० वर्ष उमेर समूहका युवायुवती रहेका छन् ।
जिल्ला एड्स समन्वय समितिका सचिव तथा जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख जनस्वास्थ्य अधिकृत अरुणकुमार महतोले भन्नुभयो-