धर्मराउँदो अर्थतन्त्रलाई सुधार गर्न आयरल्याण्डलाई ८५ अर्ब यूरो राहत प्याकेज उपलब्ध गराउन युरोपेली संघ सहमत भएको छ।
यूरोपेली संघका अर्थमन्त्रीहरुको ब्रसेल्समा हिजो बसेको आपत्कालिन बैठकमा राहत प्याकेज दिने सहमति बनेको हो। पचासी अर्बमध्ये ३५ अर्व यूरो बैकिक क्षेत्र मजबूत बनाउन र ५० अर्ब सरकारको दैनिक खर्च चलाउन प्रयोग गर्ने बताइएको छ। यूरोपेली संघ र अन्तर्राष्ट्रिय मुद्रा कोषले उपलब्ध गराएको सो रकमका लागि आयरल्या48डले औसत ५ दशमलव ८ प्रतिशत ब्याज तिर्नुपर्नेे छ।
आयरल्या48डका प्रधानमन्त्री ब्रिआन कोवेनले राहत प्याकेजले आयरल्या48डको धर्मराउँदो अर्थतन्त्रलाई माथि उकास्न सहयोग पुर्याउने प्रतिक्रिया दिएका छन्। आयरल्या48डलाई राहत प्याकेज उपलब्ध गराउने सहमतिपछि यूरो मुद्राको मूल्यमा गिरावट आएको बताइएको छ।