दक्षिण कोरियाका राष्ट्रपति लि म्यूङ्ग बाकले उत्तर कोरियाले आफ्नो देशमाथि मंगलबार गरेको आक्रमणलाई अमानवीय अपराध भनी कडा निन्दा गरेका छन्। उनले सो द्धिपका वासिन्दालाई सरकारले सुरक्षा प्रदान गर्न नसकेकोमा आफूलाई पश्चाताप महशुस भएको बताए।
मंगलवार उत्तर कोरियाले दक्षिण कोरियाको येओनपियोङ्ग द्धिपमा आक्रमण गर्दा दक्षिण कोरियाका २ सैनिक सहित ४ जनाको मृत्यु भएको थियो। चीनले कोरियाली प्रायद्धिपको तनाव कम गर्ने उद्देश्यले सम्बन्धीत देशहरुको आपत्कालीन बैठकको आह्वान गरेको भोलिपल्ट लि को भनाइ आएको हो। उत्तर कोरियाको आणविक निःशस्त्रिकरण वार्तामा संलग्न रहेका छ देशहरु आगामी डिसेम्बर महिनामा बैठक बस्नु पर्ने चीनको प्रस्ताव छ। उत्तर कोरियाली आणविक निशस्त्रीकरण सम्बन्धी छ पक्षीय वार्तामा दुई कोरिया, अमेरिका, जापान, चीन र रुस सहभागी छन्। आइतवार दक्षिण कोरिया र अमेरिकाले कोरियाली प्रायद्धिपको यल्लो सि समुद्रमा संयुक्त सैनिक अभ्यास थालेपछि कोरियाली प्रायद्धिप तनावग्रस्त बनेको छ।
दुवै कोरिया अहिले युद्धको संघारमा छन्। मंगलवार उत्तर कोरियाले दक्षिण कोरियाको येओनपियोङ्ग द्धिपमा गरेको आक्रमणलाइ अमानविय अपराध भनी ब्याख्या गरेका छन्