बिनोद गैरे, रेडियो अर्घाखाँची
अर्घाखाँची – अर्घाखाँची जिल्लाको धनचौर गाविसका कृषक मौरी पालन ब्यवसायमा आकर्षित भएका छन् ।
थोरै लगानी र कम मेहनतबाट पनि मनग्य आम्दानी लिन पाएपछि यहाँका कृषकह७३टछछघघस मौरी पालन ब्यबसायमा आकर्षित भएका हुन् । धनचौर गाविसमा करिब एक वर्षदेखि नै मौरी पालन गर्दै आएको भएपनि १० वर्ष यता भने यहाँका कृषकले ब्यवसायिक मौरी पालन गर्दै आएका छन् । गाविसका प्रत्येक घरघरमा मौरी पालिएको भएपनि वडा नं ५ ६ ७ र ८ का कृषक भने ब्यवसायिक मौरी पालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।
धनचौरमा चिउरीको जंगल हुनुको साथै पर्याप्त मात्रामा तोरीको खेती गरिने र मौरीका लागि उपयुक्त किसिमको हावापानी समेत पाइने हुँदा मौरी पालन ब्यवसाय निकै फस्टाएको स्थानीय वासिन्दाको भनाइ छ । मौरीबाट सोंचेभन्दा बढी आम्दानी लिन पाएपछि युवा पनि वैदेशिक रोजगार र सरकारी जागिर समेत छाडेर मौरी पालनतर्फ आकर्षित भएका छन् । धनचौरमा कृषकले एउटै घरमा ५ देखि ५० घारसम्म मौरी पालन गर्दै आएका छन् । मौरी वर्षमा २ पटक काडेर मह निकालिने र एउटा घारमा वर्षमा १० देखि २० के।जी।सम्म मह निकालिने गरेको कृषकको भनाइ छ । मुढे घारबाट मौरी ब्यवसाय संचालन गर्दै आएका कृषकले अहिले आधुनिक घारमा मौरी पाल्दै आएका छन् । आधुनिक घारमा मौरी पाल्दा मौरीको सुरक्षा हुने र मह उत्पादन गर्नपनि निकै सजिलो हुने भएकाले मुढे घारमा उत्पादन हुने महभन्दा दुई तिहाई बढी उत्पादन लिन सकिने उनीको भनाइ छ ।
धनचौर गाविसका बासुदेव पाण्डे मौरी पालनबाट वर्षमा २ लाख ७३टछछघघसपैयाँ आम्दानी गर्ने बताउँछन् । पाण्डेले ३० घार मौरी पाल्दै आएका छन् । मौरीको आम्दानीबाट ६ जनाको परिवार पाल्नुका साथै छोराछोरीलाई पढाउँदै आएको उनको भनाइ छ । बाबु बाजेका पालादेखि नै पाल्दै आएकौ मौरीलाई थोरै ब्यबस्थित गरेर घार बढाए यसैबाट घरखर्च चलेको छ । केही रकम संचित पनि भएको छ उनले बताए । वडा नं। ६ का लेखनाथ पाण्डेले पनि माहुरीबाटै जिविकोपार्जन चलाएको बताउँछन् । २० घार मौरी पालेका पाण्डेले वर्षमा १ लाखसम्मको आम्दानी गर्ने बताए ।
सदरमुकाम सन्धिखर्कबाट ६ कोष टाढा पर्ने धनचौर एउटा विकट गाविस भएपनि मौरीको लागि उदाहरणीय गाविस बनेको छ ।
यहाँका बासिन्दा घरमा आउने अतिथिलाई चियाको ससा मह र चाका खुवाएर स्वागत गर्ने स्थानीय बासिन्दा गोपाल प्रसाद भराईको भनाइ छ । यहाँका कृषक मौरी पालनमा निकै उत्साही भएका भएपनि राज्यले भने कुनै वास्ता नगरेको उनीहको गुनासो छ । गैरसरकारी संस्था र स्वयं राज्यले पनि मौरी पालनका क्षेत्रमा लाखौं खर्च गरी रहेको बताउँदा जिल्लामा मौरी पालनको मुख्य ठाउँ धनचौरका वासिन्दाले भने कुनै सहयोग पाउन नसकेको प्रति चिन्तित छन् । धनचौरमा मौरी अध्ययनको स्थल पनि बन्न पुगेको छ । मौरीको बारेमा अध्ययन र अनुसन्धानको लागि देशभित्र र बाहिरबाट मानिस आउने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।