वीरेन्द्र केसी
अर्घाखाँची – काम शुरु नगर्दा नौमुरे जलविद्युत परियोजना अलपत्र अवस्थामा रहेको छ । २०४५ सालमा सर्बे भएको परियोजना हालसम्म सचालनमा आउन नसक्दा योजना वेवारिसे अवस्थामा रहेको हो ।
९० पियरको डयाम्प बाँधेर २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिने क्षमता भएको विद्युत परियोजना अलपत्र हुदा समेत कसैले चासो दिएका छैनन । जैविक विविधता पर्यावरण र पर्यटनको हिसाबले पनि यो परियोजना नेपालकै नमुना जलविद्युत परियोजना अन्तरगत पर्दछ । पंाचायत कालमा सर्बेृ गरिएको उक्त परियोजनाको २१ वर्ष बितिसक्दा समेत निर्माण नहुदा जीर्ण भएको स्थानीयको भनाई छ ।
नदीको भाव सुख्खायाम र वर्षामा पनि एउटै परिणाममा विद्युत निकाल्न सकिने विज्ञहरुको भनाई छ । अर्घाखाँची जिल्लाको जलुके गाविसमा पर्ने नौमुरे जलविद्युत परियोजना सचालन गर्न थुप्रै प्रयासहरु भैरहेपनि कार्यन्यन हुन सकेको छैन । चुनावको बेलामा उक्त परियोजना साचालन गरेर जिल्ला भरीलाई विद्युतीकरण गर्ने भनि सधै नाराको रुपमा प्रयोग गर्दै आएपनि अझैसम्म सचालन हुन सकेको छैन ।
पुष्पकमल दाहाल प्रधानमन्त्री छँदा भारत भ्रमणमा गएका बेला समेत परियोजनालाई भारतले उपहार स्वरुप बनाईदिने सहमती भएको थियो । तर सरकार परिवर्तनपछि परियोजना ओझेलमा परेको छ । हाल उक्त योजना साचालन गर्न सरकारले चासो दिएको छैन ।
जलविद्युत परियोजनाको २०४५ सालमा प्रारम्भिक अध्ययन भएको थियो । त्यतीबेल ३ महिनासम्म अध्ययन गरेको विशेषज्ञ सहितको टोलीले २ सय ४छ मेगावाट विद्युत निकाल्न सकिने प्रतिवेदन तयार पारेको थियो । अध्ययन टोलीलाई सहयोग गरेका स्थानीय पीताम्बर सारुले परियोजना साचालन गर्न डिलिङ मेसिनहरु ल्याएर चटान नाप्ने काम समेत भएको बताए । सरकार परिवर्तनपछि राजनीतिक पनि यो विषय हालसम्म अन्योलमा परिरहेको छ । भारत सरकारले उपहार स्वरुप योजना बनाईदिने आश्वासनपछि थप अन्योलता भएको उनको भनाई छ ।
भारतले परियोजना बनाईदिएर सबै विद्युत भारतले जिम्मा लिएर स्थानीयबाट बिजुली दिने माग राखेपछि विवादित बन्दै आएको छ । अलपत्र परियोजना साचालन गर्न ठुलै लगानी गनुपर्ने अनुमान छ । स्थानीय राम बहादुर सारुले अर्घाखाँची र प्युठानको सिमानामा रहेकाले दुवै जिल्ला र छिमेकी जिल्लालाई विद्युत विस्तार गर्न परियोजना राम्रो हुने बताए । परियोजना साचालन गर्न भनेर धेरै पटक हेर्न आउने जाने तर काम सुचारु हुन नसक्दा योजना अलपत्र परेपछि स्थानीय निशास छन ।
Copyright � 2010 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten, or redistributed.