– राजेन्द्र श्रेष्ठ
दोहा कतार
मानिसको जिन्दगी रमाईलो दुःख र सुखका कथा वेथाले भरिएको हुन्छ । भन्ने त सबैलाई थाहै छ । म त्यही मान्छे मध्यको एउट कथा व्यथाले भरिएको मान्छे अथवा लिलामी जिन्दगी लियर प्रवासमा वा प्रवास पनि अरबका देशहरु मध्य कतारमा लिलाम भएर आएका मनिसको बारेमा याहा कलम चलाउने कोशिस गरेको छु । मलाई जुन दिनबाट विदेशको मोहले छोयो त्यही दिनबाट मोलमोलाई वा लिलामीले पनि मेरो छायाँ जस्तै संगसगै हिडन थालेको रहेछ जेहोस आफ्नै छायाँ संग डराएर पनि तः भएन जहाँ गए पनि संगै हिडने हुनाले मैले त्यसलाई लिएर हिड्नु त मेरो बाध्यता नै हो ।
एउटा गाउँ घरमा जन्मेको मान्छे गाउँको ६७ कक्षा सम्मको पढाई अनि घास काट्ने बस्तु चराउँने खेत खन्ने भारी बोक्ने आदि जस्ता सिप र ज्ञान भएको मानिसले जव विदेश जाने र ठूला ठूला कलकारखानामा काम गर्ने अनि टन्न पैसा कमाउने सपना देखेपछि त्यो बाटो समाउन पुग्ये । यसै सिलसिलामा एउटा एजेन्ट संग भेट भयो । उसले भन्यो विदेश गएर राम्रो पैसा कमाउन सक्छौ । घरहरु सरसफाई गर्ने काम हो । सजिलो छ । महिनामा १५१६ हजार कमाउछौ अझ ओभर टाईम पनि पाउँछौ । त्यसो भयो भनेत मासिक २०२५ हजार नै कमाई हुन्छ । भन्ने सल्लहा पाए त्यस पछि त मन पनि त्यतै कुद्न थाल्यो ।
अनि मैले सोध्य खर्च कति लाग्छ नी उसले भन्यो काम धेरै राम्रो र सजिलो छ । पैसात एक लाख १० हजार जति लाग्छ । ओहो यतिका धेरै पैसा कहाँबाट ल्याउने होर मैले मेरो कमाई केही छैन लौ यत्रो पैसामात म जान सक्दीन अलि घटाउने हो भने कोसीस गर्छु । मेरो कुरा उसले सुने पछि झण्दै एक हप्ता जति भेटघाट भएन फेरी भेटे पछि मैले नै सोधे अस्तिको भिसामा मान्छे गयोत दाई उसले भन्यो राम्रो मिहनेति मान्छेलाई मात्र पठाउने म जस्तो पायो त्यस्तोलाई पठाउँदिन भाई तिमी जाने भए एक लाख सम्ममा पठाई दिउला पासपोर्ट ल्यऊ फेरी मैले भने तल्ला घरका दाईत ८० हजारमा जानु भएको मैले चाही २०२० हजार बढी तिर्न सक्दिन दाई असी हजारमा पठाउछौ भने जान्छु । उसले म भोली उता सोधेर खबर गरौला भन्यो । मैले पनि हुन्छ भने त्यस्तै चार पाँच दिन पछाडी उसले भन्यो हेर भाई असीमा त मान्दै मानेन लौ मैले मेरै भाई हो भनेर पचासी हजार सम्ममा कुरा मिलाएको छु । जान्छौ भने भन । मैले पनि धेरै सोचविचार गरिन असीहजार तः दिने भए पछि पाँच हजारमा केको लम्वाइ चौडाई भनेर हुन्छ भनिदिएँ ।
त्यस पछि गाउँ घरतिर पनि हल्ला सुरु भो कान्छो त विदेश जानेरे भनेर औला गन्दा गन्दै चार महिना पछि भिसा आयो हतार हतारमा कतार आई पुगे याहाँ आए पछि पो थाहा भयो काम त विल्डीङ बनाउनेमा रहेछ । तलब पनि सुक्खा ५सय रहेछ अव कसो गर्ने गर्ने फर्कऊ भने खेतबारी बन्धगीमा छ । जे त होला भनेर काम गर्न सुरु गरे पहिलो ३ महिना खानाको मात्र पैसा दियो । त्यस पछि त पैसा देला भनेको त भोलो भोली भन्दा भन्दै छ महिना काम गर्दा पनि खानाको लागिमात्र पैसा पए अरुत दिने सुरसारै भएन यस्तैमा कतारको नेपालीहरुले सुक्रवारे छुट्टि मनाउँने ठाउँ तरवार गेटमा एक जना भागेको साथि संग भेट भयो । उसले मेरो समस्या देखे पछि मत भागेर काम गरेको छु तिमी पनि भग्छौ भने मैले काम गरेको ठाउँमा दिनको पचास रियाल दिन्छ । जाने भए म साहु संग कुरा गरौला भन्यो । यसो विचार गरे पचासको दरले त महिनामा पन्ध्रसय हुने रहेछ ।
कम्पनिमा काम गरेर नत समयमा पैसा दिन्छ नत तलवनै धेरै छ । लौ हुन्छ साहुसंग कुरा गर्नुहोस भने र भोली पल्टा बाट कतारमा भगौडा जीन्दगी सुरु गरे । जो साथीले मलाई काम दिलाउन सहयोग गरेको थियो उसको कम्पनीमा दुई महिना मात्र काम चल्यो त्यस पछि कामको खोजीमा भौतारीन सुरु भयो यता पाईन्छ की उता पाईन्छ की यसरी भौतारीदा भौतारीदै फेरी दुई महिना वित्यो काम पाउँन सकेन पहिला कमाएको पैसा पनि खाँदा कामको खोजीमा घुम्दा र कोठा भाडा तिर्दा नै सकियो । फेरी गास र बासको नै समस्या हुने भएपछि छाप्रो तिर कामको खोजीमा लागे त्यहाँ पनि लिलाम बढाबढको नियम कोही दिनको पचास रियाल तः कोही साठ्ठ रियाल यस्तै गरेर काम गर्न थालीयो जसले धेरै दिन्छ उसैकोमा कामगर्न जाने गरिन्थो । महिनामा करिव दश बाह्रा दिन मात्र काम पाउने अरु दिन सुतेरै वित्न थाल्यो । घरबाट तारैतारै खबर आउन थाल्यो के गर्ने काम नै छैन कसरी पैसा पठाउँने ।
यस्तैमा एक दिन मोल मोलाईको क्रममा पचास देदि १२० सम्म दिने साहँु भेटीयो जस्ले बढी दिन्छ उसैको पछि लागेर काममा गइयो विहानको सात बजे बाट बेलुकी सात बजे सम्म काममा खटियो बेलुकी पैसा उहीँ दिन्छ । भनेर गाडीमा पठायो बाटोमा आयपछि त ड्रईभरले म साहुँ होईन मलाई थाहा छैन भनेर कोठाको नजिक गाली गर्दै ओराल्दीयो अचम्ममा परे दिनभरी खानुन पिउनु धेरै पैसाको लोवमा १२१२ घण्टा काम गरियो तर रित्तो हात फर्कनु पर्दाको पिडात यो पन्नमा कसरी पोख्न सकिएलार यसरी भौतारीदा भौतारीदा ३० महिना वितेछ समय विते पनि पैसा कमाउन सकेको थिएन अझै एक बर्ष बस्ने मन हुँदाहुँदै पुलीसको फण्दामा परियो करिव चार महिनाको जेलको बसाई पछि नेपालमा फर्कई दियो कस्लाई गालि गर्नु कस्लाई सराप्नु यस्तै त रैछ नी गरीवको जीन्दगी भनेर चित्त बुझाए र फेरी उही गाउँघरको हलो कोदालो नाम्लो डोरी हसिया समाए ।
विदेश त गएर आए तर मेरो समस्या जस्ताको तस्तै रह्यो । त्यसैले मेरो सुझाव के छ भने विदेश जानु भन्दा पहिला राम्रो संग सोचेर बुझेर मेसन कार्पेन्ट इलेक्ट्रीसि पलम्वर पेन्टर ड्राइभर जस्ता अथवा कुनै पनि प्रविधिक काममा राम्रो दखल राखेर र आफ्नो कागज पत्र राम्रो संग जाचेर बुझेर मात्र जानुहोस मेरै जस्तो समस्या तपाईहरुलाई नपरोस ।