गोप्य दस्तावेज सार्वजनिक गरि विकिलिक्सले अन्तर्राष्ट्रिय समुदायमाथि आक्रमण गरेको अमेरिकी विदेशमन्त्री क्लिंटनको आरोप

अमेरिकी विदेशमन्त्री हिलेरी क्लिंटनले विकिलिक्सको कदमलाई अन्तर्राष्ट्रिय समुदायमाथिको आक्रमणका रुपमा टिप्पणी गरेकी छिन्। 

 

उनले विकिलिक्सको कदमको कडा आलोचना गर्दै यसलाई गैरकानुनी कार्यको समेत संज्ञा दिएकी छिन्। विकिलिक्सले अमेरिकी सरकारसँग आवद्ध गोप्य दस्तावेजलाई  सार्वजनिक गरेपछि बोल्दै क्लिंटनले गोप्य सामग्रीलाई सार्वजनिक गरिनुलाई  विश्वको सुरक्षा सुनिस्चित गर्ने र आर्थिक समृद्धिलाई प्रोत्साहित गर्ने अन्तर्राष्ट्रिय समुदायमाथि आक्रमण सरह रहेको बताइन्। उनले गोप्य सामग्री एवं सूचनालाई विकिलिक्ससम्म पुर्‍याउने व्यक्ति वा संस्थामाथि अमेरिकी सरकारले कडा कारबाही गर्ने पनि बताइन्। विकिलिक्सले अमेरिकी दूतावासको लगभग २ लाख ५० हजार सन्देशमध्ये केहीलाई सार्वजनिक गरेपछि अमेरिका लगायत विश्वभरी नै खैलाबैला मच्चिएको छ।

 

सम्बन्धित विज्ञहरुले गोप्य दस्तावेज सार्वजनिक हुनुले अमेरिका लगायत अन्य केही राष्ट्रमा गंम्भीर कुटनीतिक प्रभाव पर्न सक्ने बताएका छन्। उनीहरुले यसले अमेरिका र अमेरिकासँग विविध मामलामा जोडिएका राष्ट्रबीचको सम्बन्ध खतरामा पर्नसक्ने चेतावनी पनि दिएका छन्।