इरानको आणविक बैज्ञानिकको हत्याको पछाडि इजरेल र पश्चिमी देशहरुको हात रहेको इरानी राष्ट्रपतिको आरोप

इरानका राष्ट्रपति मुहम्मद अहमदिनेजादले इरानको आणविक बैज्ञानिकको हत्यामा इजरेल र पस्चिमा सरकारको हात रहेको आरोप लगाएका छन्। सोमबार राजधानी तेहरानमा मोटरसाइकलमा जडान गरिएको बम आक्रमणमा परी १ बैज्ञानिकको मृत्यु भएको थियो भने अर्का १ घाइते भएका थिए।

 

पछिल्ला वर्षमा इरानका बैज्ञानिकहरुमाथि निशाना बनाएर आक्रमण गरिँदै आइएको इरानी संचारमाध्यमहरुले जनाएका छन्। अहमदिनेजादले इरानी बैज्ञानिकको हत्या गरेर इजरेल र पस्चिमा सरकारले घृणित र निन्दनीय कार्य गरेको बताएका छन्।

 

उनले यस कुकृत्यबाट इरान विचलित नहुने र आणविक कार्यक्रम पनि नरोकिने स्पष्ट पारेका छन्। यसअघि नै  इरानका  २ बैज्ञानिकको हत्या भैसकेको छ।