प्रहरीले आफुहरुलाई कडागरेको आरोपमा ट्याक्सी व्यवसायीको आन्दोलनले उपत्यकाको सडक अस्तब्यस्त

मिटरमा ट्याक्सी नचलाई चर्को रुपमा भाडा लिएको आरोपमा प्रहरीले ट्याक्सीहरुमाथि कारबाही तीव्र बनाएको विरोधमा राजधानीका ट्याक्सी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन्। ट्याक्सी सडकमा तेर्साएर आन्दोलनमा उत्रिएपछि अहिले काठमाडौँको मुख्य भागको ट्राफिक अस्तव्यस्त भएको छ।


ट्राफिक कन्ट्रोल रुमका अनुसार दिउँसो पौने १ बजेसम्ममा नारायणहिटीको दक्षिण गेट, महेन्द्र शालिक, जमल, कमलादी, कृष्ण पाउरोटी, जय नेपाल हल, घण्टाघर, थापाथली, बालाजु र भोटाहिटीमा जाम छ।


ट्याक्सी चालकहरुले मिटर नचलाई पनि यात्रु ओसार्न पाउनुपर्ने माग गरेका छन्।