चिसोबाट बच्न घाँटीमा लगाएको गलबन्दी आफ्नै ग्रिल मेसिनमा बेरिएपछि घाँटी कस्सिएर आज बिहान उनको ज्यान गएको हो।
बिहानै उठेर आफैँले सञ्चालन गरेको स्थानीय गङ्गा ग्रिल उद्योगमा काम गर्दै गर्दा अकस्मात् गलबन्दी मेसिनमा लपेटिँदा पासो लाग्न गई उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनले मेसिनमा काम गर्दैगर्दा बिजुलीबत्ती गएको र अकस्मात् बत्ती आउँदा मेसिन चल्न थालेपछि नजिकै रहेका चौधरीको गलबन्दी मेसिनमा बेरिन पुगेको थियो। रासस