रुसी राष्ट्रपति दिमित्री मेदभेदेभले रुस र पश्चिमा शक्तिराष्ट्रबीच क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकासका सम्बन्धमा सहमति बन्न नसकेमा विश्वमा हतियारको नयाँ होड चल्नसक्ने चेतावनी दिएका छन्।
राष्ट्रका नाममा सम्बोधन गर्दै मेदभेदेभले रुस उत्तर एट्लाण्टिक सन्धि संगठन नेटो राष्ट्ररुसँग क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकासका लागि आवश्यक सहकार्य गर्न सहमत भएको स्पष्ट पारेका छन्।
केही दिन अघि पोर्चुगलको राजधानी लिस्बनमा भएको नेटो सम्मेलनमा रुसले अन्तरमहाद्वीपीय क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विकासका सम्बन्धमा नेटोसँग सहकार्य गर्न सकिने धारणा प्रकट गरेको थियो।