साह्रौं कन्फरेन्स अफ द पार्टीज अर्थात कोप सिक्सिटिन मेक्सिकोको दोस्रो ठूलो शहर क्यानकनमा सुरु

साह्रौं कन्फरेन्स अफ द पार्टीज अर्थात कोप सिक्सिटिन सोमबारदेखि मेक्सिकोको दोस्रो ठूलो शहर क्यानकनमा सुरुभएको छ।

 

जलवायु परिवर्तनले नेपालमा पारेको प्रभावसँग जुध्न आवश्यक स्रोत साधनको दाबी गर्न वातावरणमन्त्री ठाकुरप्रसाद शर्माको नेतृत्वमा नेपाली टोली पनि क्यानकन पुगेको छ। एक सय ८० भन्दा बढी राष्ट्रहरुको सहभागीता रहने कोप सिक्सिटिन गत वर्षको तुलनामा अत्यन्तै कम चर्चामा रह्यो।

 

डेनमार्कको कोपेनहेगनमा भएको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा एक सय ९२ राष्ट्रका राष्ट्र मुखहरुको सहभागीताले कोप फिप्टिन निकै चर्चामा रहेको थियो। अठार दिन लामो यो सम्मलेलनमा नेपालले विशेषगरी राष्ट्रिय अनुकुलन कार्यक्रम प्रस्तुत गर्दै जलवायु अनुकुलनका लागि अनुकुलन कोषको रकम माथि दावेदारी प्रस्तुत गर्नेछ।