इरानका राष्ट्रपति मुहम्मद अहमदिनेजादले इरानको आणविक बैज्ञानिकको हत्यामा इजरेल र पस्चिमा सरकारको हात रहेको आरोप लगाएका छन्।
सोमबार राजधानी तेहरानमा मोटरसाइकलमा जडान गरिएको बम आक्रमणमा परी १ बैज्ञानिकको मृत्यु भएको थियो भने अर्का १ घाइते भएका थिए। पछिल्ला वर्षमा इरानका बैज्ञानिकहरुमाथि निशाना बनाएर आक्रमण गरिँदै आइएको इरानी संचारमाध्यमहरुले जनाएका छन्।
अहमदिनेजादले इरानी बैज्ञानिकको हत्या गरेर इजरेल र पस्चिमा सरकारले घृणित र निन्दनीय कार्य गरेको बताएका छन्। उनले यस कुकृत्यबाट इरान विचलित नहुने र आणविक कार्यक्रम पनि नरोकिने स्पष्ट पारेका छन्। यसअघि नै इरानका २ बैज्ञानिकको हत्या भैसकेको छ।