वीरेन्द्र केसी
अर्घाखाँची – मोटरबाटो खन्ने विषयमा विवदा हुदा माओवादीबाट थुनिएका काग्रेस कार्यकर्ता २४ घण्टापछि मुक्त भएका छन । गाउँमा मोटर बाटो खन्ने विषयमा विवाद भएपछि नेपाली काग्रेसका कार्यकर्तालाई माओवादीले थुनेका थिए । जिल्लाको धातीवाङ्ग गाविसको गाउँमा स्थानीय सडक निर्माण गरिरहेका बेला स्थानीय राजनीतिक दलबीच कुरा नमिल्दा माओवादी निकटका दलितहरुले काग्रेसका पुर्व गाउँ समितिका सभापती सहित नौ जनालाई नियन्त्रणमा लिएर बुधवार दिउसो साढे २ बजेदेखी गाउँकै एक घरमा थुनेर राखेका हुन । बिहीबार प्रहरीको टोली गाउँमा पुगेर थुनिएकालाई ३ बजे मुक्त गराएको हो ।
थुनिनेमा काग्रेस धातीवाङ्ग पुर्व गाउँ सभापती डिलाराम पौडेल सचिव गोविन्द पौडेल कार्यकर्ता नारायण पौडेल मनिराम पौडेल जग्गाधनी कृष्ण प्रसाद पौडेल एमाले कार्यकर्ता कृष्ण प्रसाद पौडेल स्थानीय गाउँले शालिकराम पौडेल भीम बहादुर रास्कोटी र रुक्मागत पौडेल रहेका छन । गाविसको एक लाख र जिविसबाट ५० हजारको छुटाउने सर्तमा पहिले नै मोटरबाटो खनिएको हो ।
धातीवाङ्ग मावि देखी बोखर आर्डेन हुदै दर्मीलेपोखरासम्म करिब एक किलोमिटर सडक खन्दा गाउँलेको घर र खेतबारी मासिने किसिमले डोजर लगाउन थालेपछि गाउँलेले कसैको नोक्सान नहुने गरि साईडबाट लैजान अनुरोध गर्दा माओवादी धातीवाङ्ग शुक्रेटरी चोपलाल पौडेल कार्यकर्ता थानिश्वर पौडेल रुक्मागत पौडेलको नेतृत्वमा स्थानीय दलित र महिलाहरुले आफुहरुलाई टुक बहादुर दमैको घरको सानो कोठामा थुनेर राखेको काग्रेस धातीवाङ्ग; पुर्व गाउँ सभापती डिलाराम पौडेलले जनाकारी दिए । छलफल गर्न भनि बोलाएर माओवादीले घरमा थुनेर राखेको बताउँदै १५ दिनसम्म थुन्ने धम्की दिएका थिए । माओवादीले थुनेपछि गाउँ आतंकित बनेको छ । प्रहरी गउर विवाद मिलाउने प्रयास गरेपनि असफल भैसकेपछि थुनिएका सबैलाई गाउँमा असुरक्षा भएको कारण उनीहरुलाई प्हरीले सदरमुकाम ल्याउँदैछ ।
माओवादीले काग्रेस कार्यकर्ता र गाउँको घर जग्गा मासिने गरी जबरजस्ती आफनो स्वाथ्र्य पुरा गर्न सहमती विना मोटरबोटो खन्ने गरिरहेको बेला त्यसो नगर्न भन्दा धम्क्याउदै आफुहरुलाई थुनेर राखेको पौडेलले टेलिफोनमा बताए । कोठामा दिसा पिसाब गर्न जान समेत दिएका छैनन । हिजो देखी भोकभोकै बसेको उनले बताए ।
काग्रेस कार्यकर्तालाई माओवादीले विकास निर्माणको विषयमा नियन्त्रणमा लिएर २४ घण्टासम्म थुन्दा समेत काग्रेसको जिल्ला नेतृत्वले चासो नदिएको गुनासो गरे । धेरै पौडेल परिवार रहेको धातीवाङ्गमा काग्रेसको बाहुल्यता रहेको छ ।
काग्रेस जिल्ला सभापती कमल प्रसाद भुसालले विवादलाई सहमतीमा मिलाईने बताए । माओवादी जिल्ला ईन्जार्च चन्द्र बहादेर खडका उज्जवलले माओवादीले थुनेको नभई स्थानीय गाउँलेले मोटरबाटो खन्न रोक लगाउँदा गाउँलेले थुनेको बताए ।
Copyright � 2010 Arghakhanchi.Com. All rights reserved. This material may not be published, broadcast, rewritten, or redistributed.