विकिलिसक्ससमक्ष अमेरिकी गोप्य दस्तावेज कसरी पुग्यो भन्ने विषयमा राष्ट्रपति ओबामाद्वारा जाँच आदेश

अमेरिकी राष्ट्रपति बाराक ओबामाले गोप्य दस्तावेज विकिलिक्ससम्म कसरी पुग्यो भन्ने सम्बन्धमा आतंकवाद विरोधी विशेषज्ञ रसेल टेवर्सलाइ जाँचको जिम्मा सुम्पेका छन्।

 

टेवर्सले सरकारी इन्टरनेट साइटबाट विकिलिक्ससम्म गोप्य दस्तावेज कसरी पुग्यो भन्ने विषयलाइ पत्ता लगाउने कोसिस गर्ने बताइएको छ। उता अमेरिकी स्रकारले विकिलिक्सले प्रयोग गर्ने अमेजन सर्वरलाइ प्रयोगबाट रोक लगाएको छ। सो सर्वरको माध्यमबाट विकिलिक्सले केही महत्वपूर्ण एवं गोप्य सूचनाहरुलाइ प्राप्त गर्ने गरेको अनुमान गरिएको छ।

 

यसैविच अमेरिकी सरकारसँग आवद्ध गोप्य दस्तावेज सार्वजनिक गरेर खैला बैला मच्चाएको विकिलिक्सका संस्थापक जुलिआन असान्जको अवस्था अज्ञात रहेको बताइएको छ।