भारतले ब्रहमोस नाम गरेको मिसायलको सफलतापूर्वक परीक्षण

भारतले ब्रहमोस नाम गरेको मिसायलको सफलतापूर्वक परीक्षण गरेको छ। उक्त परीक्षण पूर्बी राज्य उडिसामा गरेको पनि भारतीय अधिकारीले जनाएका छन्।

 यो ब्रहमोस मिसायल भारतीय प्रतिरक्षा अनुसन्धान र रुसी विकास संगठनले संयुक्त रुपमा विकास गरेको हो। उक्त परीक्षणमा चन्डीपुरबाट उडिसाको समुद्री किनारसम्मको दूरी तय गरिएको पनि समाचारमा जनाइएको छ।

यो मिसायल बहुआयामिक भएको जनाइएको छ। पनडुब्बी जहाज, हवाइजहाज तथा स्थलमार्गमा भएका साधनमा समेत प्रहार गर्न सकिन्छ।