अर्घाखाँचीको नुवाकोट पान्डाँडामा रहेको भगवती माविलाई समाजसेवी मित्रलाल आचार्यद्वारा आठलाख रुपैया बराबरको आर्थिक सहयोग


 

सन्धिखर्क, अर्घाखाँची – जिल्लाको नुवाकोट गा. बि.स वार्ड न. ५ निवासी समाजसेवी तथा शिक्षा प्रेमी मित्रलाल आचार्यले पानडाडामा रहेको स्थानिय श्री भगवती मावि नुवाकोट लाई ५ कोठे भवन निर्माण को लागि आफ्नो निजी सम्पत्ति बाट सहयोग प्रदान गर्नु भएको छ।

बिधालय भवन निर्माण को लागि आबस्यक १ रोपनी ५ आना बराबर छेत्रफल को उक्त जमिन को बर्तमान मुल्य (८ लाख) पर्ने उक्त जमिन आफ्नी स्वर्गिय श्रीमती कमला आचार्य को सम्झना मा स्कुल लाई प्रदान गर्नु भएको हो ।


विस. २०२२ साल मा स्थापित उक्त माविमा भवन निर्माण को लागि जमिनको अभाव रहेको बेला र भवननिर्माण को लागि आब्स्यक जमिन नहुँदा स्कुल को पठन पाठन/कृयाकलाप समेत प्रभाबित भएको बेला यसरी जमिन प्रदान गरेर मा वि लाई ठुलो सहयोग गरेको बिधालय वयबस्थापन समितीका निबर्तमान अध्यक्ष तान बहादुर पुन र माविका प्र.अ. कृष्ण प्रसाद पौडेल ले अर्घाखाँची डट्कम् लाई बताउनु भयो ।


यसै गरि अन्य सघं संस्था र समुदाँयको को निरन्तर सहयोग भएमा भबिस्यमा अगाडि बड्न टेवा तथा बल मिल्ने समाजसेवी मित्रलाल शर्माले बताउनु भयो । साथै भविस्यमा पनि बिधालयलाई आफुले सक्दो सहयोग गर्ने सोच रहेको तथा अन्य सर्वसाधारणलाई पनि सहयोगको लागि आचार्यले अणुरोध गर्नु भएको छ ।












अन्य समाचारहरु