भारतले सन् 2011 मा वैङ्कको ज्याज दर 1.25 प्रतिशतले बढाउने

भारतीय केन्द्रीय बैङ्कले सन् 2011 मा वैङ्कको ज्याज दर 1.25 प्रतिशतले बढाउने भएको छ। भारतका एक प्रमुख अर्थशास्त्री लैफ एस्केसेनले गत बिहीबार आशियान बजारलाई बताउनुभएको हो।

                        “भारतमा व्यापार गरौँ ” नामको सेमिनारमा बोल्दै श्री एस्केसेनले भारतमा भएको मुद्रास्फितिले आगामी महिनाहरूमा सामानको भाउ ओर्लन सक्ने तर यो दर केही मन्द गतिमा हुने पनि बताउनुभयो।

                        उहाँले भविष्यवाणी गर्नुभयो- भारतीय स्फिति आज ठीक गोरेटोमा चलिरहेको छ त्यसैले मार्च 2011 सम्ममा थोक बजार मूल्य सूची 6.1 प्रतिशतमा कायम रहने र अक्टोबरमा गएर 8.58 प्रतिशत पुग्ने भएको छ। वर्षभरिको अवस्थालाई हेर्दा यो दर 5.5 प्रतिशतमा कायम हुनेछ।