सन् 2010साल तापक्रमको रेकर्ड शुरु गरिएको सन् 1850 देखि यता अझसम्मको तीन वटा सबैभदा गर्मी बर्षमध्येको एक हुने पक्का भएको कुरा विश्व मौसम संगठनले हिजो दुई तारिखका दिन बताएको छ।
विश्व मौसम संगठनले सोही दिन कानकुनमा आयोजित मौसम परिवर्तन सम्मेलनमा सार्वजनिक गरेको तथ्यांकअनुसार यस बर्षको नोभेम्बरसम्म यसबर्षको सरदर तापक्रम अरु दुईवटा सबभन्दा गर्मी वर्ष अथवा सन्1998 र सन्2005भन्दा अलि बढी भएको छ।
विश्व मौसम संगठनका प्रमुख माइकल जारुदले सोही दिन बोल्दै समस्त विश्वमा गर्मी हुँदै जाने प्रवृत्ति निर्विबाद भएको र सन्2010साल सम्बन्धित रेकर्डदेखि यताको सबभन्दा गर्मी बर्ष बन्ने बढी सम्भावना रहेको कुरा बताउनुभयो।