जापान तथा अमेरिकाबीच आठ दिने संयुक्त सैनिक अभ्यास आज तीन तारिख सुरु भएको छ। हालसम्म जापान तथा अमेरिकाले संयुक्तरुपमा गरेको सबभन्दा ठूलो सैनिक अभ्यास यही अभ्यास हो।
सो सैनिक अभ्यास जापानका विभिन्न सैनिक केन्द्र तथा जापानवरिपरिको समुद्री क्षेत्र तथा वायु क्षेत्रमा गरेको हो। जापान तथा अमेरिकाले छुट्टाछुट्टैरुपमा 34 हजार तथा 10 हजार सैनिक र 250 तथा 150 वटा युद्धक विमान पठाएको छ।
जापान तथा अमेरिकाले सन् 1986 देखि गरेको सैनिक अभ्यास यो दशौं हो। गणतन्त्र कोरियाली सेनाले पहिलो पटक पर्यवेक्षक पठाएर उक्त सैनिक अभ्यासको अनुभव गरेको छ।