मौद्रिक संकटको सामना गर्दा मध्यमवर्ग विकासोन्मुख मुलुकको मुख्य टेवा

आर्थिक सहयोग तथा विकास संगठनले हिजो एउटा प्रतिवेदन प्रकाशित गर्‍यो। उक्त प्रतिवेदनमा ल्याटिन अमेरिका क्षेत्र लगायतका विकासोन्मुख मुलुकहरुले मौद्रिक संकटको सामना गर्दा मध्यमवर्ग ती मुलुकहरुको मुख्य टेवा हो भन्ने दाबी गरिएको छ।

                    केही वर्षसम्मको आर्थिक विकासपछि ल्याटिन अमेरिकी क्षेत्रमा मध्यवर्गको परिमाण बढ्दै आएको छ र मौद्रिक संकटको प्रभावमा परेता पनि मध्यमवर्गको उपभोग तथा अप्रचलित पूँजी किन्ने क्षमता स्थिर हुँदै आएकोले ल्याटिन अमेरिकी क्षेत्रमा भित्री मागलाई विस्तार गर्ने मुख्य शक्ति बनेको कुरा प्रतिवेदनमा जनाइएको छ। तर विकसित मुलुकसँगको दाँजोमा ल्याटिन अमेरिकी क्षेत्रका मध्यमवर्ग त्यति स्थिर नभएको प्रतिवेदनमा औंल्याइएको छ।