उत्तर कोरियाको केन्द्रीय समाचार एजेन्सीले आज पाँच तारिख एउटा विज्ञप्ति प्रकाशित गर्दै दक्षिण कोरियाले आफ्नो सैनिक गतिविधिबाट हुने नतिजाबारे गम्भीर विचार गरेर कुनै पनि चुनौति नदिन उत्तर कोरियाले चेतावनी गरेको जनाएको छ।
यस विज्ञप्तिअनुसार कोरियाली प्रायःद्बीपमा बम आक्रमण घटना भएपछि दक्षिण कोरियाले निरन्तर रुपमा अमेरिकासँग सैनिक अभ्यासको आयोजना गरेको र दक्षिण कोरियाको चारैतिर समुद्री क्षेत्रका 29 वटा ठाउँमा सैनिक तालिम चलाएको थियो। ती ठाउँमध्ये उत्तर कोरिया नजिक भएको बान्लियङ्ग टापु पनि रहेको छ।
दक्षिण कोरियाको उक्त सैनिक गतिविधिको उद्देश्य उत्तर कोरियाबीच युद्ध गर्ने कुचेष्टा हो। कोरियाली प्रायद्बीपको परिस्थितिका सामु नियन्त्रण गर्न नसक्ने गम्भीर अवस्था देखापरेको कुरा यस विज्ञप्तिमा जनाइएको छ।
साथै यस विज्ञप्तिअनुसार उत्तर कोरियाले हाल उच्च संयम कायम राखिरहेको छ। कोरियाली प्रायद्बीपमा चौतर्फी रुपमा युद्ध भएको खण्डमा कोरियाली प्रायद्बीप मात्र नभइ क्षेत्रीय शान्ति र स्थिरताका लागि गम्भीर प्रभाव पर्ने छ। सम्बन्धीत विभिन्न पक्ष र जनमतले कोरियाली प्रायद्बीपको परिस्थिति दिनप्रति दिन चर्कँदै जाने घटनामा ध्यान दिनुपर्ने छ।