इरानद्वारा छिमेकी मुलुकमाथि सशस्त्र आक्रमण नगर्ने दाबी

इरानका विदेश मन्त्री मानौचेर मोटाकिले हिजो बहराइनको राजधानी मानामामा इरानले छिमेकी मुलुकमाथि सशस्त्र आक्रमण नगर्ने कुरा वताउनुभयो।

               बहराइन वार्ता सम्बन्धी सातौं अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै श्री मानौचेर मोटाकिले उक्त कुरा वताउनुभएको हो। उहाँका अनुसार, खाडी क्षेत्रमा अवस्थित इरान तथा त्यसका छिमेकी मुलुकहरुले विश्वलाई अत्याधिक उर्जा पुर्‍याएको कारण खाडी क्षेत्रको सुरक्षाको संरक्षण गर्न निकै महत्वपूर्ण छ। इरानले उर्जा क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय सुरक्षाको संरक्षण गर्न प्रयास गरेको छ।

              अमेरकी विदेश मन्त्री हिलारी क्लिन्टनको जवाफ दिन मानौचेर मोटाकिले उक्त कुरा वताउनुभएको हो। यसभन्दा अगाडी हिलारी क्लिन्टनले यस पटकको सम्मेलनलाई सम्बोधन गर्दै इरानको आणविक योजनाबाट छिमेकी मुलुकहरुलाई चिन्ता हुने कुरा व्यक्त गर्नुभएको थियो।

               बहराइन वार्ता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्युयोर्कमा अवस्थित अन्तर्राष्ट्रिय रणनीति अनुसन्धान परियदद्वारा सन् 2004देखि हरेक वर्ष एक पटक आयोजना गर्दै आएको छ।