जय होस रक्सी महाराजको…….


– भिम बहादुर बस्नेत

बागी ८ अर्घाखाँची,नेपाल
हाल दोहा कतार

 

रक्सी यो कसले बनायो

बोतल खोल्दा ठुस्स गनायो
नाक समाती ह्वात्य मुखमा खान्यायो
क्या कमाल  क्षणमै  हल्लिने  बनायो
******     ********     ********
सुरिलो सहासिलो बनाई दिन्छ बीर
भोक न सुर्ता न  कुनै  चिन्ता पीर
लड़ खराउँ छन पाइलाहरु छैन स्थिर
त्यसैले लड़छ मानिस भन्दैन भीर
*******     *******     ********
कराउँ छ चिच्याएर घरी घरी
बोल्छ जथाभाबी नाना थरी
साँझ आई घरमा सधै चल्छ जुहारी
सत्रुलाई  रमिता भयो घर  वरिपरी
*******    ********    ********
यो सबै मेरो भन्छ नशा चढे पछी
न भन्छ बीच बाटो न सडक पेटी
मुर्दा सरि लड़छ होश गुमाएर बेहोसी
थाहै पाउंदैन झिंगा भंकिदा मुख भरी
********    ********     *********
सत्रु पनी मौका हेरी रक्सी खुबाउँ छन
रस चुसी बोक्रा बनाई  फ्याकी दिन्छन
साँचो कुरा लुकाउन सक्दैन साँचो बोल्छ
अन्तर आत्मको कुरा रक्सी कै नशामा खोल्छ
*********     *********    ************
तरुनीको पछी लाग्दैमा गयो बैश
कुलतमा  लगेर  सिद्दियो  पैसा
सम्पती सकेर खुबै गरियो एईस
दुवै चिज नभए पछी कसैले हेर्दो रहेनछ


जय होस रक्सी महाराजको …………..!