प्यालेष्टाइन राष्ट्रिय परिषदका अध्यक्ष मुबाराक मोहम्मद अब्बासले हिजो अम्मानमा प्यालेष्टाइन र इजरेलबीचको शान्ति वार्ता पुनःशुरु गर्न प्रबर्द्धन गर्नका लागि आगामी केही दिनभित्र अमेरिकाले एक नयाँ मसौदा पत्र प्रस्तुत गर्ने सम्भावना रहेको कुरा बताउनुभयो।
श्री अब्बासले हिजो जोर्डनका राजा अब्दुलाह दुईसँग भेट-वार्ता गर्नुभएपछि उक्त कुरा बताउनुभएको हो।
सो अवसरमा अन्तर्राष्ट्रिय समाजले ठोस र स्पष्ट मसौदा पत्र छिटोभन्दा छिटो प्रस्तुत गर्न र शान्ति प्रक्रियाको सामु देखापरेको गतिरोध भंग गर्न संयुक्त रुपमा प्रयास गर्नुपर्ने कुरामा दुई पक्षले जोड दिए।
साथै अमेरिकाले नयाँ मसौदा पत्र प्रस्तुत गर्ने सम्भावना रहेको कुरामाथि सोच-विचार पुर्याएर आगामी केही दिनभित्र प्यालेष्टाइन र इजरेलले घनिष्ठ रुपमा आपसी सम्पर्क, समन्वय र छलफल गर्ने कुरामा सहमति जनाएको कुरा श्री अब्बासले बताउनुभयो।