विदेशी तथा पाकिस्तानी पत्रकारहरूले पाकिस्तानी तालिबानलाई सार्बजनिक स्थलमा आत्मघाती प्रहार नगर्न गत मङ्गलबार अपिल गरेका छन्। यस्ता प्रहारले गैरसैनिक तथा निर्दोष सर्वसाधारण तथा पत्रकारहरू नराम्रोसँग पिल्सिएको कुरा पनि अपिलमा उल्लेख गरिएको छ।
एक्स्प्रेस टिभीका अव्दुल वाहेद र वक्त टिभीका पर्भेज खान गरी दुई पाकिस्तानी पत्रकारहरू गत सोमबारको आत्मघाती बम प्रहारमा परी मारिएका थिए। मारिँदा उनीहरू घालानाइस्थित एक सरकारी भवनमा बैठकमा थिए जुन स्थान उत्तरपश्चिमी जनजातीय क्षेत्रमा पर्दछ।
लगातार दुई पटक भएको उक्त आत्मघाती आक्रमणमा परी 50 सर्बसाधारणको मृत्यु भएको थियो। उक्त काण्डको जिम्मा पाकिस्तानी तालिबानले तुरुन्तै लिएको थियो।