इरानद्बारा जेनेभा वार्तामा रचनात्मक कदम चाल्न छ मुलुकसँग आव्हान

इरानको विदेश मन्त्रालयका प्रवक्ता रामिन महमन परास्तले हिजो छ मुलुक अर्थात् अमेरिका, बेलायत, फ्रान्स, रुस, चीन र जर्मनीसँग आयोजना हुँदैआएको जेनेभा वार्तामा इरानका लागि नयाँ “रचनात्मक कदम” चाल्न आव्हान् गर्नुभयो।

              छ मुलुकका प्रतिनिधिहरुले हिजो जेनेभामा इरानको आणविक समस्याबारे आणविक समस्यासम्बन्धी इरानका प्रथम वार्ताकार साइद ज्यालिलिसँग वार्ताको बन्दसत्रमाल भाग लिनुभयो। चौध महिनापछि विभिन्न पक्षले इरानको आणविक समस्यासम्बन्धी वार्ता पुनःशुरु गरेको यो पहिलो पटक हो। उक्त जेनेभा वार्तामा इरानको आणविक इन्धनको हस्तान्तरण मसौदा पत्रबारे पनि छलफल गरिने सम्भावना रहेको छ।