सत्यले सँधै जित्छः जुलियन असान्ज, विकिलिक्सका संस्थापक – SPECIAL COVERAGE




Secret US Embassy Cables: http://wikileaks.ch/cablegate.html




  • अस्ट्रेलियाली विदेश मन्त्री केभिन रुडले अमेरिकी कूटनीतिक दस्तावेज सार्वजनिक हुनुमा जुलियन असान्ज वा विकिलिक्स नभएर अमेरिका दोषी रहेको बताएका छन्। असान्जले आफ्नो लेखमा आफ्नो सरकारले नागरिकको बचाउ नगरेको भन्दै कडा आलोचना गरेको भोलिपल्ट अस्ट्रेलिया सरकारको यस्तो धारणा आएको हो।

  •  

    कन्डम फुट्दा रोकिन गरेको अनुरोधलाई अस्वीकार गर्दै आफूमाथि बलात्कार भएको भन्दै दुई महिलाले लगाएको आरोपका भरमा इन्टरपोलले जारी गरेको अरेस्ट वारेन्ट अनुसार विकिलिक्स संस्थापक जुलियन असान्जलाई आज बेलायती प्रहरीले गिरफ्तार गरेको छ। विकिलिक्स प्रवक्ताले यसलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भन्दै यसले आफ्नो समूहलाई नरोक्ने प्रतिक्रिया दिएको छ। विकिलिक्सले गोप्य अमेरिकी कूटनीतिक दस्तावेज सार्वजनिक गर्न थालेपछि अहिलेसम्म अमेरिकाको प्रत्यक्ष तथा अप्रत्यक्ष दबाबमा यसमाथि आक्रमण भइरहेको थियो। तर आजदेखि विकिलिक्सका समर्थकहरुले पनि प्रत्याक्रमण गर्न थालेका छन्। विश्वमा विकिलिक्सका समर्थक र विरोधीहरुबीच एउटा नयाँ साइबर युद्ध छेडिएको छ।

     


    • बेलायती अदालतले विकिलिक्स बोस जुलियन असान्जलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ। अब उनी कम्तिमा १४ डिसेम्बरसम्म हिरासत मै हुनेछन्।
    • उनी अहिले वान्डसवर्थ जेलमा छन्। कस्तो छ त यो जेल हेर्न यहाँ क्लिक गर्नुस्।
    • अमेरिकी रक्षा मन्त्री रबर्ट गेट्सले असान्ज गिरफ्तार भएको खबरलाई