-भिम बहादुर बस्नेत
बागी ८ अर्घाखाँची,नेपाल
हाल दोहा कतार
————————————-
बिहे गर्न भनी हेरेथें हजारौ केटी
पापी नजर लाग्यो तिमी माथी
यस्तै छ यहाँ दुनियाँको रिती
अनी बन्यौ तिमी मेरी श्री मति
****** ******** ******
तिमी हाँस्दा हुन्छ स्वर्गको अनुभूति
रिसाउँदा यो मनमा लाग्छ नजाती
रिसाय पनी तिम्रै माया ला ग्छ अती
रिसाय पनी खुशीभए पनी तिमी मेरी श्री मति
******* ******* **********
नयाँ जिबन पाउँछन तिमीबाट छोरा छोरी
भान्सामा आमा तिमी ओछ्यानमा श्री मति
तिम्रा गुणहरु तिम्रा रुपहरु कती कती
तिमी मेरो धड्कन तिमी मेरी श्री मति
******* ********* *********
तिम्रो स्थान छ सधै सबै भन्दा माथी
तिमी नहुँदाको पल दिउस पनी लाग्छ राती
कस्तो साइनो बनायौ भगवानले माया पिरती
तिमी नै मेरो जिबन साथी तिमी मेरी श्री मति
********* ********** ************
तिमी मै छ घर श्रीङार्ने वा बिगार्ने शक्ति
तिमी मै निर्भर छ धन ,दौलत ,सम्पती
घरको शोभा झलल बलेको उज्यालो बत्ती
बुढेस कालको सहारा तिमी मेरी श्री मति
********* ********* *********
म तिमीलाई माया गर्छु कती
देखाउन सक्दैन च्यातेर यो छाती
तिमीले बिश्वास गर्दैनौ होला रत्ती
तिमी मेरो जिबन तिमी मेरी श्री मति
२१ मङ्सिर २०६७