चिलीको राजधानी सेन्टीआगोस्थित कारागारमा भएको भीषण आगलागीमा कम्तिमा ८१ जनाको मृत्यु

चिलीको राजधानी सेन्टीआगोस्थित कारागारमा बुधबार भएको भीषण आगलागीमा कम्तिमा ८१ जनाको मृत्यु भएको छ ।

कारागारबाट धुँवाको मुस्लो बाहिरतिर आइरहेको त्यहाँका स्थानीय टेलिभिजन च्यालनहरुले देखाइरहेको बीबीसीले जनाएको छ । स्थानीय संचारमाध्यमका अनुसार सय जनाको भागदौड हुँदा करिव १९ जना घाइते भएका छन् भने केही जलेर गम्भीर घाइते भएका छन् ।

विद्रोही समूहबीच झगडा हुँदा उनीहरुले सलाईको काँटी चलाई आगो लगाएको हुनसक्ने अनुमान गरिएको छ । अहिले आगो नियन्त्रमा लिइएको छ । यो जेलमा सात सय कैदी राख्ने क्षमता भए पनि करिव १ हजार ९ सय कैदी राखिएको थियो ।