पाकिस्तानको उत्तर-पश्चिमी क्षेत्रमा पर्ने कोहाट शहरको एक बजारमा आज आठ तारिख एउटा आत्मघाती बम बिस्फोटन भएको छ। जसबाट पन्ध्र जनाको मृत्यु हुनुका साथै बीसभन्दा बढी घाइते भएका छन।
स्थानीय प्रहरीका अनुसार एक आत्मघातीले त्यस बजारको एक बस स्टेशनमा बम बिस्फोटन गराएको हो। यस घटनापछि उद्धारकर्ता तुरुन्तै घटनास्थल पुगी घाइतेहरुलाई अस्पताल लगेको छ। हालसम्म कुनै पनि संगठनले यस घटनाको जिम्मा लिएको छैन।