– उमाकान्त पाण्डे गाउले
बल्कोट ३ साज्बोट,अर्घाखाँची
हाल: अर्घाखाँची टाईम्स अन्तरास्ट्रिय कार्यलय
मध्यपुर्वको खाडी यूएई – सारजाह
यो गाउको पानी पनि नुन जस्तो नुहाउने कसरी
चिसो पनि बडयो अब बुद ज्यानमा चुहाउने कसरी
गाउ घर इस्टमित्र सबै बाट टाढीएर बाधिएको म
जन्जिरको यो बन्धन म एक्लै फुहाउने कसरी
जता त्यतै रम्मल अनी मरुभुमी को खडेरीमा
गर्भमै रहेको कानुन मिच्ने तिमीलाई तुहाउने कसरी
जातजाती,धर्म भाषा सस्कृति अनेकौलाई टुक्राउदै छौ रे
सोच्दै छन नेपाली जनता तिमीलाई कुहाउने कसरी