-चन्द्रचेतूँ
आवुधावी यूएई ।
सुख पिउँने निशानाले
दुःख माथि पौडी खेल्दा
अनगिन्ती छालहरुले
जीउँने रहरै तरंग्यायो
बाध्यतामा सहास लुकाई
दुनियासँग जुद्घा खेरी
चाहना र कामनाका
सुबासहरु उडाई दियो
जीन्दगीलाई सौगात भन्ने
मेरा प्रेमका शब्दहरु
बिचित्रताको रुप लिई
शुन्यतामा बिलाई दियो
तिम्रो मुस्कान अनि तृष्णा
शितल, निश्च्छल प्रेम माथि
बसन्तको चर्को धुप झैं
तिरस्कार भै बर्षी दियो
बर्तमानमा बाँचा कसम
भबिष्यको लागि थियो
थाहा नपाई मधुर प्यारमा
पिपलु झै चौतारियो
जीउनु भन्नु एक्लै भन्छन्
तर होईन दुनियाँ साथ छ
फुलाई ईच्छा जीवन भरी
भमरा झैं रित्याई दिन्छ ।।
नगर्नु है त्यस्तो प्रेम
जसले स्वयं जलाउछ
हर्ष फुल्ने कामनामा
सुन्दरता नै ओईलाउछ
निश्च्छलताको प्रकरणले
धोका आफ्लाई तर्साउछ
सजाउ भन्दा सत्यतालाई
आँधी आई बहकाउँछ
हिजो तिम्रो स्मृतिमा
धेरै कुरा गुम्यो लाग्छ
आज तिनै बर्बादिले
बर्तमान नै चर्काई दिन्छ ।।
सम्हालौ त बोझहरु
चर्किएको भाग्य रै छ
छोडी जाँऊ टाडा भन्दा
छाँयाहरु साथ दिन्छ
आज खुसी हराए झैं
बिरहका छालहरु
श्रावण मासको बलेसी झैं
आँशु पोख्दै छाँती पिट्छ
बेदनाले छटपटिए
बाँछिटा झै आँशुहरु
जल्दो दिलको आँगनमा
खहरे झैं सुसाई दिन्छ
बाँडिएका प्रेमका थुङ्गा
काडा बनि किन आज
मखमली हृदयमा
त्रिशुल बनि गाडि दियो ।।