बेलायतमा हजारौ युनिभर्सिटी विधार्थीहरुद्वारा ट्यूशन शुल्क बढाएको विरोधमा हिन्सात्मक प्रर्दशनहरु जारि, संसदबाट विवादास्पद शुल्क बढाउने विधेयक पास


 

बेलायतको संसदले विश्वविद्यालयको शुल्क वृद्धि गर्ने निर्णय गरेपछि हिसांत्मक प्रदर्शनमा उत्रेका विद्यार्थीले राजपरिवार चढेको कारमाथि आक्रमण गरेका छन्।

 

राजकुमार चार्ल्स र उनकी पत्नी केमिल्ला चढेको कार प्रदर्शनकारी विद्यार्थीको निशानामा परेको जानकारी अर्न्तराष्ट्रिय संचार माध्यमहरुले दिएका छन्। आक्रोशित प्रदर्शनकारीको आक्रमणबाट राजपरिवार चढेको कारमा सामान्य क्षति पुगेको छ। तर राजकुमार दम्पत्ति सुरक्षित रहेको बताइएको छ।

 

संसदमा बाहिर प्रदर्शन गरिरहेका विद्यार्थी र प्रहरी बीच झडप भएको छ। झडपमा परी बाह्र प्रहरी जवान र त्रिचालीस विद्यार्थी घाइते भएका छन्। प्रहरीले प्रदर्शनमा संलग्न बाइस जना बिद्यार्थीलाइ गरिफ्तार गरेको छ।

 

प्रधानमन्त्री डेविड क्यामरुनले प्रदर्शनकारीले राजपरिवार चढेको कारमाथि गरिएको आक्रमणप्रति दुःख व्यक्त गर्नुभएको छ। विश्व विद्यालयले शुल्कमा तेब्बर बृद्धि गरेपछि विद्यार्थीहरु आन्दोलन उत्रेका हुन्। 


 

 

 

 

भारत तथा युरोपियन युनियनबीच खुल्ला व्यापार सम्झौता

 

युरोपियन युनियन भारतसँगको खुल्ला व्यापार सम्झौताको सम्बन्धमा सकारात्मक रहेको युरोपियन आयोगले जनाएको छ ।

               हाल ब्रसेल्समा भइरहेको 11औं भारत तथा युरोपियन युनियनको सम्मेलनमा खुल्ला व्यापार सम्झौतामा नयाँ आयाम थप्ने विषयमा छलफल भइरहेको छ । युरोपियन युनियनका अध्यक्ष जोस म्यानुएल बार्रोसोले 1 अर्ब 50 करोड मानिसको बजारको लागि सो छलफलबाट राम्रो परिणाम निक्लने विश्वास गर्नु भएको छ ।

              युरोपियन परिषदका अध्यक्ष हर्मन भान रोम्प्वइले पनि सो छलफलबाट राम्रो नतिजा आउने विचार व्यक्त गर्नु भयो ।

              हाल भारत युरोपियन युनियनको नवौं ठूलो व्यापारिक साजेदार रहेको र सन् 2000को दाँजोमा हालको कारोवार दुई गुणाले बढेको छ ।