रुसद्वारा कोरियाली प्रायद्वीपको संकटकालीन अवस्थालाई खुकुलो पार्न संयुक्त अभियान चलाउनुपर्ने कुरामा जोड

रुसका परराष्ट्र उप-मन्त्री, कोरियाली प्रायःद्वीपको आणविक समस्यासम्बन्धी छ पक्षीय वार्तामा संलग्न रुसी प्रतिनिधि मण्डलका प्रमुख आलेकसै बोरोदाभकिनले छ पक्षीय वार्तामा संलग्न जापानी प्रतिनिधि मण्डलका प्रमुख आकिटाका साइटीसँग भेट-वार्ता गर्दा रुसद्वारा कोरियाली प्रायःद्वीपको संकटकालीन अवस्थालाई खुकुलो पार्न संयुक्त अभियान चलाउनुपर्ने कुरामा जोड दिनुभयो।

                 रुसको विदेश मन्त्रालयको वेभसाइटद्वारा सार्वजनिक विज्ञप्तिअनुसार, श्री आलेकसै तथा आकिटाका साइटीले कोरियाली प्रायःद्वीपको परिस्थितिबारे बैचारिक आदान-प्रदान गर्नुभयो। कोरियाली प्रायःद्वीपको परिस्थितिलाई क्रमश: सामान्य पार्न तथा छ पक्षीय वार्ताको पुन:आयोजना गर्नका लागि सम्बन्धित पक्षले संयुक्त अभियान चलाउनुपर्ने कुरामा जोड दिएको छ।

                 सो विज्ञप्तिमा श्री आकिटाका साइटीले रुसलाई गणतन्त्र कोरिया, जापान, अमेरिकाका विदेश मन्त्रीबीच गत छ तारिख वाशिङ्टनमा भएको वार्ताको अवस्था जाहेर गर्नुभएको कुरा पनि उल्लेख गरिएको छ।