कल्पना आचार्य
विवाह दुई छुट्ाछुट्ै संस्कार तथा परिवेशबाट आएका व्यक्ति एक हुने कार्य हो। विवाह कानुनी वा आफुखुसी व्यक्तिगत रूपमा समेत हुन्छ । विवाहको सन्दर्भमा वैधानिक वा अवैधानिक भन्ने प्रश्न पनि उठ्न सक्छ। विवाहका लागि उमेर पुगेका वयस्कहरूले आफू तयार छु कि छैन भन्ने कुरा खुट्याउनुपर्छ।
अझ महिलाले त यस विषयमा थुप्रै तयारी एवं जानकारी राख्नु आवश्यक छ। हाम्रो संस्कारमा विवाहपछि दुलही दुलहाको घरमा जाने चलन छ। छुट्टै रहनसहन, वातावरण, संस्कारलगायत विभिन्न चुनौती स्वीकार गर्न विवाह गर्ने दुलही तयारी अवस्थामा रहनुपर्ने हुन्छ। दुलही बन्नुअघि व्यक्तिगत एवं पारिवारिक कुराका अतिरिक्त कानुनी कुरा पनि जान्नु आवश्यक छ। विवाहपछि हिंसा भए कहाँ जाने, विभेद भए कहाँ उजुरी गर्ने, सम्पत्ति आदि आफ्ना अधिकारका सम्बन्धमा के गर्ने, कथंकदाचित् गर्भपतन गर्नँपरे अथवा मन, भावना, विचार नमिले र सम्बन्धविच्छेद गर्नँपरे कस्तो प्रक्रिया अपनाउने आदि कुराको जानकारी राख्नैपर्छ।
नारीको यो अंकको बहसका लागि महिलासँग जोडिएका यिनै महत्वपूर्ण विषयमा छलफल गरिएको थियो।