– अर्घाखाँचीडट्कम जिल्ला स्थित अर्घाखाँची कार्यालयले एक प्रेस बिज्ञप्ती जारी गरी बाबा नरनारायणको असमायिक निधन प्रती गहिरो दुख्ख प्रकट गर्दै चिर शान्तिको कामना सहित हार्दिक समवेदना ब्यक्त गरेको छ।
काठमाडौं – काठमाडौंको मातातिर्थमा आश्रम खोली अनुहार हेरेरै भविष्य बताउने बाबा नरनारायणको आइतवार बिहान मृत्यु भएको छ । सक्कली नाम नरेन्द्र केसी रहेका उनी ३८ वर्षका थिए ।
अर्घाखाँचीको बागी गाविस २ डाडाखर्कमा २०२९ सालमा जन्मेका बाबा आश्रममा पुग्ने सयौ सर्वसाधरण र प्रभावशालीहरुको भविष्य अनुहार हेरेर भविष्य बताउने गर्दथे ।
आइतवार आश्रममै अचानक बेहोस भएका बाबालाई उनका सहयोगीहरुले उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याएका थिए । उनको उपचारकै क्रममा मृत्यु भएको थियो । चिकित्सकका अनुसार बाबाको मृत्यु मष्तिस्कघातबाट भएको हो ।
बाबा नरनारायण बागी श्रडाँडाखर्कमा चित्रबहादुर केसीका सुपुत्रका रुपमा जन्मभई जनज्योति माध्यमिक विद्यालयमा प्रारम्भिक र भगवती मावि सङ्खेटारीबाट प्रवेशिका परीक्षा लिनुभएका बाबा नरनारायणको बाल्यकालको नाम नरेन्द्र केसी रहेको थियो।
नरेन्द्र केसी बाबा विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तिहरु उनका आश्रममा पुगेर लमतन्न पर्दै खुट्टा ढोगेर आर्शिवचन लिएको देखेर त्यहाँ पुग्ने सर्वसाधरणहरु चकित पर्दथे ।
यसैगरी सुपा देउराली मन्दिर बनाउनको लागि पनि उहाको प्रमुख सहयोग रहेको थियो। साथै अर्घाखाँचीडट्कम जिल्ला स्थित अर्घाखाँची कार्यालयले एक प्रेस बिज्ञप्ती जारी गरी उहाको असमायिक निधन प्रती गहिरो दुख्ख प्रकट गर्दै चिर शान्तिको कामना सहित हार्दिक समवेदना ब्यक्त गरेको छ।
बाबाले प्रचार प्रसारका लागी सर्व सर्वसाधरणहरु भक्तजनहरुको सहयोगमा हरेक वर्ष पशुपति लगायतका धार्मिक क्षेत्र देखि उनी बस्ने मातातिर्थ आश्रममा कलश लगायतका यात्रा गर्ने गर्थे ।
सामान्य टिनको छानो राखेर भविष्य हेर्दे आएका बाबाले केही वर्षमै करोडौ पर्ने जग्गा र आश्रम निर्माण गरी मातातिर्थ क्षेत्रमा ठूलै धार्मिक गतिविधि सन्चालन गर्दै आएका थिए । उनको आश्रममा स्वस्थानि ब्रत बस्दा पूर्जा गर्ने विषेश मन्दिर पनि बनाएका थिए । उनले आश्रममै बृद्धाश्रम समेत सन्चालन गर्दै आएका थिए ।