इराकको अन्वर प्रान्तस्थित एक सरकारी भवनमा गराइएको आत्मघाति कार बम विष्फोटनमा कम्तीमा उन्नाइस जनाको मृत्यु भएको छ। अन्वर प्रान्त अन्तर्गत रमादी शहरको मध्य भागमा सो आत्मघाति बम विस्फोटन गराइएको हो। सरकारी कार्यलय नजिक रहेको प्रहरी चौकीलाई लक्षित गरी सो आक्रमण भएको प्रहरीले जनाएको छ।
विस्फोटनमा परी घाइते भएका बालबालिका तथा महिला सहित पैतिस जनालाई अस्पतालमा भर्ना गरिएको छ। राजधानी बग्दाद देखि एक सय किलोमिटर पश्चिममा स्थित अन्बर प्रान्तमा सुन्नी समूदायको बाहुल्यता रहेको छ।