जर्मनी र भारत बीचको व्यापारिक सहयोग सुदृढ हुने

जर्मनीका प्रधानमन्त्री एञ्जेला मर्केलले हिजो बर्लीनमा भारतका प्रधानमन्त्री मनमोहन सिँहसँग भेट गर्नुभएको सिनव्हा समाचार समितिले जनाएको छ। भेट-वार्तामा दुई मुलुकले आगामी दुई वर्षमा दुई पक्षीय व्यापारिक मात्रामा पचास प्रतिशतले बढाउने निर्णय गरेको छ।

  प्रधानमन्त्री सिँहले युरोपेली संघको वित्तिय बजार स्थिर पार्न जर्मनीले खेलेको केन्द्रीय भूमिकामा भारतले सक्दो प्रयास र समर्थन दिनुका साथै निर्यात सम्बन्धित सिमित पार्ने आव्हान पनि जर्मनीसँग गरेको कुरा व्यक्त गर्नुभयो। यसबाहेक श्री सिँहले नयाँ र उच्च स्तरीय प्रविधिको हस्ताँतरण गर्ने क्षेत्रमा दुई मुलुक बीचको सहयोगमा ठूलो निहित शक्ति रहेको भन्दै उक्त सहयोग दुई मुलुकको साझा हितसँग अनुकूल रहेको बताउनुभयो।

   यसै गरी प्रधानमन्त्री मर्केलले जर्मनी र भारत बीचको रणनैतिक साझेदारी सम्बन्ध रहेको छ भन्दै दुई मुलुकले प्रविधिको हस्ताँतरण र उर्जा-श्रोत लगायतका विभिन्न क्षेत्रमा रहेको सहयोगलाई सुदृढ गर्ने कुरा बताउनुभयो।