वीरेन्द्र केसी
अर्घाखाँची – सामुदायिक वनबाट जिल्लामा चार करोड रुपैयाँ भन्दा बढी आम्दानी भएको छ । वनबाट करोडौ आम्दानी भएपछि गाउँले राष्ट्रिय वनलाई सामुदायिकरण गर्नमा आकर्षित भएका छन । वनलाई सामुदायिक बनाएपछि संरक्षणका साथै लाखौ आम्दानी हुन थालेपछि स्थानीय उपभोक्ता बाँकी रहेका राष्ट्रिय वनलाई सामुदायिकरण गरिदिन माग गर्दै वन कार्यालयमा आउँलेको सख्या बढदै गएको छ ।
अर्घाखाँचीमा सामुदायिक वनको घाँस दाउराबाट करिब ९५ लाख र काठबाट ३ करोड १३ लाख ८६ हजार रुपैयाँ भन्दा बढी वार्षि्रक रुपमा आम्दानी भएको जिल्ला वन कार्यालयले जनाएको छ । राष्ट्रिय वनलाई समुदायिकमा हस्तान्तरण गरिदिएपछि संरक्षणका साथै नागो डाडाँहरु पनि हरियाली भएका छन । सामुदायिक वनलाई जोगाउन गाउँले आफै जुटेपछि वन संरक्षण भएको छ । सामुदायिक वनबाट संकलन भएको आम्दानीले उपभोक्ताले आफनो गाउँको विकास निर्माणका काममा खर्च गरिरहेका छन ।
गाउँमा मोटरबाटो निर्माण विद्यालयको भवन देखी विद्यालय साचालन समेत भएका छन । वनबाट घाँस दाउरा प्रशस्त भएपछि गाउँमा पशुपालनमा समेत वृद्धि भएको छ । अर्घाखाँचीमा ३ सय ३८ सामुदायिक वनबाट वार्षिक चार करोड रुपैयाँ भन्दा बढी उपभोक्ताले आम्दानी गर्न सफल भएका छन सहायक जिल्ला वन अधिकृत दिपक पण्डितले भने प्रत्येक वर्ष सामुदायिक वन बढदै गईरहेकोले आम्दानी बढदै गएको छ । यस वर्ष ३० वटा वनलाई सामुदायमा हस्तान्तरण गर्ने कार्यक्रम रहेको उनले बताए । वनबाट आएको आम्दानीले २५ प्रतिशत विकास निर्माणका काम गर्नमा ठुलो सहयोग पुगेको उनले बताए । जिल्लाको ४२ गाविसमा २३ लाख ७ सय ९६।८२ हेक्टर क्षेत्रफल वन सामुदायिकमा हस्तान्तरण भैसकेको र ३० हजार हेक्टर वनलाई यस वर्ष समुदायिकमा हस्तान्तरण गरिदैछ । जिल्लाका ५४ प्रतिशत वन सामुदायमा हस्तान्तरण भैसकेको पण्डिले बताए । वनबाट २ लाख ४७ हजार ५ सय ९७ जनसख्या र ४२ हजार १ सय ७७ घरदुरी सख्या प्रत्यक्ष रुपमा वनको आम्दानीबाट लाभान्वित भएको उनले बताए ।
एउटै सामुदायिक वनबाट वार्षिक लाखौ आम्दानी भएपछि उपभोक्ताहरु उत्साहित भएका छन । सिमलपानीको वनचरे सामुदायिक वनमा घाँस दाउरा र काठ बेचेर वार्षिक ८ लाख ११ हजार भन्दा बढी आम्दानी भएको छ । जिल्लामा २०५२ सालदेखी वनलाई समुदायको जिम्मा लगाईदै आएको वन कार्यालयले जनाएको छ । उक्त रकमबाट गाउँमा मोटरबाटो खानेपानी योजना र विद्यालय साचालनका लागि खर्च गरिदै आएको वन समितिहरुले जनाएका छन । काठबाट जिल्लाको दक्षिणी भेग सिमलपानी सिद्धारा ठाडा जुकेना जलुके गाविसमा सबैभन्दा धेरै आमदानी भएको छ । चार गाविसमा काठबाट वार्षिक दुई करोड भन्दा बढी आम्दानी हुने गरेको छ । सिद्धारा गाविसमा ३५ सामुदायिक वनबाट वार्षिक ९० लाख रुपैयाँ भन्दा बढी आम्दानी भैरहेको छ । उक्त रकमबाट प्रत्येक वर्ष मोटरबाटो खानेपानीबाट २० लाख जति रकम खर्च गरिदै आएको छ भने १० लाख जति जनजागृती उच्च मावि साचालनका लागि रकम छुटाईएको वन समितिहरुले जनाएका छन ।
सामुदायिक वन हस्तान्तरण गरे लगत्तै खाली ठाउँमा नयाँ विरुवा रोप्ने र वनलाई चोरी निकासी हुनबाट जोगाएर आम्दानी लिईदै आएको देउाराली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मोती बहादुर खडकाले बताए । वन संरक्षण गर्नकै लागि अधिकाश वनमा वन हेरालु राखेर जोगाउने गरेका छन । वनको आम्दानीले अधिकाश विद्यालय साचालनमा ठुलो सहयोग पुर् याएको छ । उपभोक्तालाई आकर्षित पर्न जिल्ला वन कार्यालयले नयाँ जातका विरुवा उत्पादनमा सहयोग पर् ुयाएको छ ।
जिल्लामा खयर सल्ला असना कर्ना जामुना खोटे सल्लो चिलाउने लप्सी कुरिलो लगायतका ठुला ठुला काठहरु प्रशस्त पाईन्छन । जिल्लाका अधिकाश जंगलहरुमा महत्वपुर्ण जडिबुटीहरु पाईने गरेपनि संरक्षणको अभावमा करोडौ मुल्य पर्ने जडिबुटीहरु खेर गैरहेका छन । वनमा चिन्नै नसकिने जडिबुटीहरु खेर गईरहेका छन सिद्धारा गाविस सचिव मोती बाजाडेले भने जंगलमा भएका ती जडिबुटी पत्ता लगाउने हो भने करोडौ रुपैयाँमा आम्दानी गर्न सकिन्छ ।