आइतबार स्वीडेनको राजधानी स्टकहोममा गराइएको विष्फोटनमा बेलायती नागरिकको हात रहेको खुलासा भएपछि बेलायत प्रहरीले त्यस विषयमा ब्यापक छानविन शुरु गरेको छ।
ल48डनको महानगरीय प्रहरीले समाचारका विषयमा छानविन शुरु भएको पुष्टी गरेको छ। स्टकहोम विष्फोटनका क्रममा मारिएको व्यक्ति आक्रमणकारी नै भएको अनुमान गरिएको छ। बम विष्फोटन गराउने व्यक्ति बेलायतको ल48डनका उत्तरमा पर्ने लुटोन बेडफोर्ड सायरमा बस्ने र त्यही पढेको व्यक्ति रहेको भन्ने समाचार प्रकाशमा आएपछि बेलायत प्रहरीले आतंकबाद नियन्त्रण ऐन अन्तर्गत पक्राउ आदेश पनि जारी गरेको छ। यद्यपी हालसम्म कसैलाई पनि पक्राउ नगरिएको प्रहरीले जनाएको छ।
स्वीडेनको राजधानीमा क्रिसमसका लागि मानिसहरु किनमेलमा ब्यस्त रहेको समयमा त्यस प्रकारको विष्फोटन गराइएको थियो। स्वीडेन सरकारले खुला र पूर्ण प्रजातान्त्रिक देशमा गराइएको यस प्रकारको आक्रमण निन्दनीय भएको भन्दै त्यसको घोर भर्त्सना गरेको छ।