सितापुर, अर्घाखाँची – दातृ निकायको सहयोगमा भवन निर्माण भएपछि अर्घाखाँची जिल्लाको सितापुर गाविसका विद्यार्थीहरु खुसी भएका छन् ।
जापानको कोइटो कलेज नामक संस्थाले सरस्वती माध्यमिक विद्यालय सितापुरमा ५ कोठे भवन निर्माण गरिदिएपछि विद्यालयमा पढ्ने बालबालिका र तिनका अभिभावकहरु खुसी भएका हुन् ।
संस्थाको १३ लाख गाविसको २ लाख १० हजार र स्थानीय जनश्रमदान गरी कुल १९ लाखको लागतमा पक्की भवन निर्माण भएको हो । भवनको अभावमा चौरमा बसेर पढ्न विवश भएका बालबालिकाहरु भवन निर्माण भएपछि नियमितरुपमा विद्यालयमा उपस्थित हुनुका साथै पढाइमा समेत चासो राख्न थालेको विद्यालयका प्रधानाध्यापक यदु काश्यपले बताएका छन् ।
स्रोत: स्थानिय संचारमाध्यमहरु