गणतन्त्र कोरियाको एउटा समुद्रीय माझी जहाज आज दक्षिणी ध्रुवको समुद्रमा डुबेको छ। सो जहाजमा सवार 42 जनामध्ये पाँच जनाको मृत्यु भएको र हाल 17 जना बेपत्ता छन् । अरु बीस जनाको उद्धार गरेको छ। हाल उद्धार तथा खोजी कार्य चलिरहेको छ।
प्राप्त जानकारी अनुसार, सो दुर्घटना हुनअघि त्यस समुद्रीय क्षेत्रको मौसम राम्रो थियो। हालसम्म जहाज डुबेको कारण स्पष्ट पारिएको छैन।
गणतन्त्र कोरियाका लागि चिनियाँ राजदूताबासले जनाएअनुसार, त्यो माझी जहाजमा आठ जना चिनियाँहरू रहेका छन्। तीमध्ये चार जनाको उद्धार गरेको छ भने अरु चार जना बेपत्ता छन् ।