इराकका प्रधानमन्त्री नुरि कमाल अल-मलिकिले हिजो बग्दादमा भ्रमणमा रहनुभएका अमेरिकी चिफ अफ स्टाफ संयुक्त सम्मेलनका अध्यक्ष माइक मुलेनसँग भेट-वार्ताको अवसरमा इराकको सुरक्षा सेनाले आफ्नो देशको सुरक्षा गर्न सक्छ भन्ने कुरा बताउनुभयो।
हिजै श्री नुरि कमाल अल-मलिकि र श्री माइक मुलेनले इराकको राजनैतिक तथा सुरक्षा परिस्थितिबारे छलफल गर्नुभयो। उहाँहरुबीच आगामी वर्ष इराकमा तैनाथ अमेरिकी सेनालाई फिर्ता गर्ने सम्बन्धमा पनि छलफल भएको थियो।
श्री माइक मुलेनले अमेरिकाले इराकलाई विभिन्न क्षेत्रमा निरन्तर रुपमा समर्थन दिने कुरा बताउनुभयो।