खोटाङ्को लामीडाँडाबाट १९ यात्रु र तीन चालक दलसहित काठमाडौंका लागि उडेको तारा एयरको विमान सम्पर्क बिहीन


 

खोटाङ्को लामीडाँडा विमानस्थलबाट काठमाडौंका लागि उडेको तारा एयरको ९ एन-एएफएक्स नम्वरको ट्वीनटर विमान बुधबार दिउँसोबाट सम्पर्क बिहीन भएको छ ।

दिउँसो ३.१० मा उडेको नियमित उडानको उक्त विमानमा १८ नेपाली र १ विदेशी गरी १९ यात्रु थिए ।

विमानमा क्याप्टेन आरके शाक्य, पाइलट सतिन्द्र श्रेष्ठ र एयरहोष्टेज् एस. गुरुङ् गरी तीन जना चालक दलका सदस्य रहेको खोटाङ्का डीएसपी टेकबहादुर तामाङले जानकारी दिएका छन् ।

खोटाङ विमानको खोजी सुरु भइसकेको पनि उनले बताए ।

विमान उडेको ५ मिनेटभित्र नै टावरसंग सम्पर्क विच्छेद भएको थियो । राजधानीबाट उक्त विमान खोजीको लागि एयर डाइनेष्टीको दुई वटा हेलिकप्टर पठाइसकेको छ।